राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुनिवेशीको नगरपालिकाको प्रथम नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले सुदीप पाठकको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको छ। अधिवेशनमा सभापति, उपसभापति, सचिव र आठ सदस्य पदका लागि निर्वाचन भएको थियो। सभापति पदमा सुदीप पाठक र दिनेश रुपाखेतीबीच प्रतिस्पर्धा भएकोमा पाठकले ७८ मत प्राप्त गर्दै विजयी भ
निर्वाचनबाट अशोक कुमार पाण्डे उपसभापति र जीवन लुइँटेल सचिवमा निर्वाचित भएका छन्। सह–सचिव पदमा मनिषा भट्टराई तथा दलित महिला सदस्य पदमा सर्वसम्मत चयन भएको हो ।
त्यसैगरी सदस्यहरूमा प्रविन भट्टराई, जीवन कुमार लामिछाने, उमेश राना, राजेन्द्र सुवेदी, कपिल प्रसाद पाठक, अम्बिका न्यौपाने रेग्मी, शिव कुमार कुँवर, रिकेश घिताल र रिता सुनार चयन भएका छन्।
अधिवेशनले जिल्ला प्रतिनिधिमा दिलिप उप्रेती, उमेश सुवेदी, बसन्त गजुरेल र प्रकाश बयलकोटी, प्रदेश प्रतिनिधिमा पविन थापा र देवराज गजुरेल तथा महाधिवेशन प्रतिनिधिमा समिर रेग्मी र सुरेश गजुरेललाई चयन गरेको छ।
शुक्रबार सम्पन्न अधिवेशनमा रास्वपाकी केन्द्रीय समिति सहकोषाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ र समिक्षा बास्कोटा विशेष अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, पार्टीका केन्द्रीय सदस्य आर।के। ढुंगाना, रास्वपा धादिङका जिल्ला सभापति सूर्यमणि पाठक लगायत नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रुपाखेतीले ६७ मत प्राप्त गरेका थिए।




