धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा सभा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको उपस्थिति रहेको थियो। त्यसैगरी गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा,प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल, विभिन्न वडाका वडा अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाको सहभागिता रहेको थियो।कार्यक्रममा बालबालिकालाई नियमित खोप सेवामा पहुँच सुनिश्चित गर्दै पूर्ण खोपयुक्त पालिका निर्माणका लागि स्थानीय स्रोतको उपयोग, समुदायको स्वामित्व तथा सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो। गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता र यसको दिगोपनाका लागि निरन्तर सहकार्य र प्रतिबद्धता जनाइएको जनाएको छ।




