देश विकास

विकास पत्रकारिता

बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

Share it with you friends

धादिङ। शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाका ७ वटा विद्यालयका शिक्षक तथा सरोकारवालाका लागि ५ दिने बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु भएको छ।

गाउँपालिका वडा नम्बर ६, ८ र १० अन्तर्गतका विद्यालयका ८ जना महिला शिक्षक, परियोजनाका कर्मचारी तथा संस्थागत सदस्यहरू गरी १७ जनाको सहभागितामा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा परियोजना प्रबन्धक सन्तोष सत्यालले परियोजना सञ्चालित विद्यालयहरूमा विद्यार्थीको विद्यालय छाड्ने दर न्यूनीकरण गर्ने तथा बालबालिकाको मनोसामाजिक पक्षलाई सुदृढ बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो।तालिमको सहजीकरण सुदीप घिमिरेले गरिरहनुभएको छ। पाँच दिनसम्म सञ्चालन हुने तालिम जेठ १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts