देश विकास

विकास पत्रकारिता

विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Share it with you friends

विश्व वातावरण दिवस २०२६ को अवसरमा धादिङ जिल्लाको गंगाजमुना र खनियाबास गाउँपालिकामा कृषक समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएका छन्। वातावरण संरक्षण, जलवायु परिवर्तन र दिगो कृषि अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियोगंगाजमुना गाउँपालिका वडा नं। ७ स्थित लामोपुलमा आयोजित प्रतियोगितामा वडा नं। ६ का वडा अध्यक्ष श्री रमेश ढकाल तथा वडा नं। ७ का वडा अध्यक्ष श्री रविन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रतियोगितामा प्रगतिशील पिप्ले कृषक समूह प्रथम, प्रगतिशील कृषक समूह (गलाने) द्वितीय तथा भविष्य उज्ज्वल कृषक समूह तृतीय भएका थिए। चक्रदेवी कृषक समूह र रचनाशील कृषक समूहले समेत सहभागिता जनाएका थिए। कार्यक्रममा ५५ महिला र ५ पुरुष गरी कुल ६० जनाको सहभागिता रहेको थियो।

त्यसैगरी खनियाबास गाउँपालिका वडा नं। २ मा सोही अवसरमा आयोजित कृषक समूहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पहिरोडिल सामुदायिक संस्था प्रथम भएको थियो। न्यान्चो स्वावलम्बी महिला कृषक समूह तथा कोखिम कृषि तथा पशुपन्छी कृषक समूह संयुक्त रूपमा द्वितीय भएका थिए भने जागरण सामुदायिक संस्था र मिलन सामुदायिक संस्था संयुक्त रूपमा तृतीय भएका थिए। ढिकी ओडार सामुदायिक संस्थाले सान्त्वना स्थान प्राप्त गरेको थियो। उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत

“समृद्ध भविष्यको आधार स् जलवायु एवं प्रकृतिमैत्री विकास”भन्ने नाराको विश्व वातावरण दिवस–२०८३ विशेष कार्यक्रम प्रयास नेपाल धादिङ र आड्रा नेपालको सहयोगमा सम्पन्न भएको प्रयास नेपाल धादिङका लैगिक सहायक शर्मिला गुरुङले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts