देश विकास

विकास पत्रकारिता

Share it with you friends

आज साउन महिनाको पहिलो सोमबार। काठमाडौंको पशुपतिनाथमा श्रद्धालुहरूको बिहानैदेखि भिड छ।साउनमा भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि ब्रतालु तथा श्रद्धालुको  भीड लागेको छ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा दर्शनार्थीको भीड लाग्ने गर्छ।

 

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ।भक्तजनहरू बिहान ३ बजेदेखि नै पशुपति दर्शनका लागि पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts