देश विकास

विकास पत्रकारिता

सामाजिक अभियन्ता किरण शर्माको टोलीद्वारा थाक्रेका दुई विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

Share it with you friends

धादिङ : सामाजिक अभियन्ता किरण शर्माको टोलीले सहयोग अभियानको ११औँ वर्षलाई निरन्तरता दिँदै धादिङको थाक्रे गाउँपालिकास्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।

त्यसैगरी, थाक्रे गाउँपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयलाई भलिबल, भलिबल नेट तथा रातो–पहेंलो रंगका भलिबल खेलाडीको पोशाक वितरण गरिएको टोलीले जनाएको छ।

 

कार्यक्रमका क्रममा किरण शर्माको टोलीले विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीप्रति प्रेम, सद्भाव र सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

टोलीले विगत ११ वर्षदेखि शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउँदै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts