देश विकास

विकास पत्रकारिता

, , ,

नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा

Share it with you friends
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको खर्के डाँडामा ७० वटा साकुराको बोट रोपिएको छ । नेपालका लागि जापानी राजदुत माएदा तोरु, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, लभ ग्रीन नेपालका पदाधिकारी, बन उपभोक्ता समितिका पदाधिकारी, डिभिजन बन कार्यालय खानीकोलाका प्रतिनिधि लगायत विभिन्न सरोकार बालाहरुको सहभागीतामा साकुराका विरुवा रोपिएको हो ।
जापानी साकुरा र नेपालबीचको सम्बन्ध केवल प्राकृतिक सौन्दर्यमा मात्र सीमित नभई सद्भाव, संस्कृति र कूटनीतिक मित्रताको एउटा सुन्दर प्रतीक हो।
साकुराको उत्पत्तिको इतिहास हिमालयको काखबाट भएको कार्यक्रममा सहभागीहरुले बताए ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सन् २०२६ मा यो ऐतिहासिक र सुमधुर मित्रताले ७० वर्ष पूरा गरेको छ। सात दशकको यो यात्रा विश्वास र निस्वार्थ जगमा उभिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts