रसुवा जिल्लाको टिमुरे स्थित नेपाल चीन सीमा नाकामा नेपालको झन्डा राखिएको छ । गोसाईंकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चीन अन्तर्राष्ट्रिय सिमानाकामा भाद्र २० गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले झन्डा राखेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
भोटेकोसी नदीमा आएको बाढी पश्चात् क्षतिग्रस्त पूर्वाधारका कारण त्यहाँ जान कठिन थियो । बीओपी टिमुरेबाट गएको टोलीले जोखिम युक्त भीरबाट तीन किलोमिटर दुरी पार गरी सिमानाकामा झन्डा राखेको हो । नेपाली सेनाको टोली समेत उक्त स्थानमा पुगेको थियो ।





Leave a Reply