देश विकास

विकास पत्रकारिता

, ,

धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग

Share it with you friends

धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि करिब ५८ लाख रुपैयाँ सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालका अनुसार विभिन्न देशमा रहेका धादिङ समाज तथा राष्ट्रिय समन्वय परिषद्हरूमार्फत बाढीपीडितको राहत तथा उद्धारका लागि हालसम्म रु. ५७ लाख ९८ हजार सहयोग भएको छ ।

विभिन्न देशबाट भएको सहयोग विवरणअनुसार धादिङ समाज अमेरिकाबाट करिब ३३ लाख रुपैयाँ, धादिङ समाज जापानबाट करिब १० लाख रुपैयाँ, धादिङ समाज बेल्जियमबाट करिब ४ लाख ५० हजार रुपैयाँ र धादिङ समाज अस्ट्रेलियाबाट करिब ४ लाख रुपैयाँ सहयोग भएको छ ।

त्यस्तै, धादिङ समाज दक्षिण कोरियाबाट करिब २ लाख ४० हजार रुपैयाँ, धादिङ समाज यूकेबाट करिब २ लाख ४० हजार रुपैयाँ, धादिङ समाज कतारबाट करिब ८५ हजार रुपैयाँ, धादिङ समाज बहराइनबाट ५३ हजार रुपैयाँ, धादिङ समाज साउदी अरबबाट २५ हजार रुपैयाँ र धादिङ समाज चेक रिपब्लिकबाट ५ हजार रुपैयाँ सहयोग भएको अध्यक्ष खकुरालले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts