देश विकास

विकास पत्रकारिता

, ,

धादिङको फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द रहने

Share it with you friends

जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज ९मंगलबार० १० घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ ।

प्रशासनले सोमबार एक सूचना जारी गर्दै भदौ २३ गते मंगलबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक मार्ग भएर गुड्ने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइएको जानकारी दिएको हो ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२, फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि हाल ‘परेवाटार–पिपलटार–आदामटार–बेलिनटार–मास्टार’ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आइएको थियो । उक्त वैकल्पिक सडकमा थप मर्मत सम्भारको कार्य गर्नुपर्ने भएकाले सवारी ठप्प पारिएको प्रशासनले जनाएको छ ।

सडक बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा सवारी साधनका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग समेत सुझाएको छ । उक्त समयमा ‘धादिङवेशी–सुनौला बजार–भोलें–कोशीखोला–फोसेटार–कल्लेरीटार’ वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा अनुरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts