गलत सूचना दिए जेल जानुपर्ने गृहको नयाँ ऐन

Share it with you friends

१७ जेठ,काठमाडौं । विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ ।

अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले यस्तो कारबाही गर्ने व्यवस्था गरेको छ ।

विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा, आफूखुसी वितरण गरेमा वा व्यक्तिगत लाभमा प्रयोग गरेमा, विपदको समयमा अप्राकृतिक रुपमा बजारमूल्य बृद्धि गरेमा वा क्रितिम अभाव सिर्जना गरेमा वा गुणस्तरीय वस्तु तथा सेवाको कारोबार गरेमा पनि १ लाख रुपैयाँ जरिवाना वा २ बर्षसम्म कैद सजाय वा दुवै सजाय हुने उल्लेख छ ।

कसैले विपदको घटना गराउन सक्ने गरी लापरबाही गरेमा वा त्यस्तो घटना गराउन प्रतक्ष्य संलग्न भएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना वा दुई बर्षसम्म कैद वा दुवै सजाय हुनेछ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते