नैकापमा श्रीमतीलाई छुरा हानी हत्या गरेका श्रीमान गल्छीमा पक्राउ
१७ चैत , काठमाडौं। नैकापमा एक युवकले श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका छन् । छुरा प्रहार गरि श्रीमतिको हत्या गर्ने प्रकाश तामाङलाई गल्छीबाट पक्राउ गरिएको महानगरी प्रहरी अपराध महाशाखाले जनाएको छ ।
उनी घटना भएको २४ घन्टा नवित्दै पक्राउ परेका हुन् ।
प्रकाशले श्रीमती २३ वर्षीया नमुना लामाको शुक्रबार दिउँसो हत्या गरेका थिए ।
प्रहरी स्रोतका अनुसार नमुना र प्रकाशबीच ६ वर्ष अघि विवाद भएको थियो । उनीहरुबीचको दाम्पत्य जीवन राम्रो थिएन ।
दुबैले एकअर्कालाई शंका गर्ने र झगडा गर्ने गरेका थिए ।
