ल क्याम्पसः तालाबन्दीबाट भर्ना अवरुद्ध

Share it with you friends

काठमाडौँ, २१ चैत ।  त्रिवि कानुन संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ ।

कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली लागु गरेपछि त्यसविरुद्ध अनेरास्ववियुले तालाबन्दी गरेका कारण भर्ना प्रक्रिया रोकिएको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिनुभयो ।

‘‘यतिबेला भर्ना प्रक्रिया सकिएर पढाइ सञ्चालन गर्ने समय हो’’, उहाँले भन्नुभयो,‘‘तर डीन कार्यालयमा तालाबन्दी भएका कारण सबै रोकिएको छ ।’’ डीन कार्यालयले ल क्याम्पसमा स्नातक तहको प्रथम वर्षका लागि पाँच सय जनाको दरबन्दी निर्धारण गरेपछि अनेरास्ववियु क्याम्पस कमिटीले ताला लगाएको हो ।

यसअघि चार हजार २३८ विद्यार्थी भएकामा यस पटकदेखि डीन कार्यालयले क्याम्पसको क्षमता हेरेर पाँच सयको दरबन्दी निर्धारण गरेको छ । डीन कार्यालयले नयाँ विद्यार्थी भर्नाका लागि दरबन्दी निर्धारण गरेर प्रवेश परीक्षा लिन गत फागुन १४ गते सूचना जारी गरेसँगै ताला लगाइएको हो । ताला लगाउँदा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजासमेत प्रकाशन हुन पाएको छैन ।

क्याम्पस प्रमुख पराजुलीले तालाबन्दीका कारण शैक्षिकसत्र नै खल्बलिने बताउनुभयो । स्नातक प्रथम वर्षको चैतदेखि नै पढाइ सञ्चालन गर्ने क्याम्पसको तयारी थियो ।

डीन कार्यालयले त्रिविका पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । न्यौपानेले ताला खोल्ने विषयमा दुई पटक छलफल भए पनि निष्कर्षमा नपुगिएको बताउनुभयो ।

अनेरास्ववियु क्याम्पस कमिटी सदस्य हरिप्रसाद पंगेनीले तोकिएको दरबन्दी अपुग भएकाले तालाबन्दी गरिएको बताउनुभयो । पछिल्लो समय कानुन पढ्ने विद्यार्थीको संख्यमा वृद्धि भइरहेको छ । रासस

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते