गोलाप्रथाले तोकिन्छ सांसदको पदावधि

Share it with you friends

काठमाडौँ, २५ चैत ।  स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनै संरचनामा चुनिएर आएका जनप्रतिनिधिको पदावधि ५ बर्ष हुन्छ ।

संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा चुनिएका ५९ सांसदको पदावधि भने निश्चित हुँदैन ।

कसैको ६ बर्षसम्म कायम रहन्छ, कसैको २ बर्षमै सकिन्छ ।

कसको २ बर्ष, कसको ६ बर्ष भन्ने निक्र्योल भने गोलाप्रथाबाट गरिन्छ ।

संविधानले राष्ट्रिय सभालाई स्थायी सदनको मान्यता दिएको छ ।

जसअन्सार यो सदन कहिल्यै रिक्त हुन्न । त्यही कारण सबै सदस्यको पदावधि एकैपटक नसकिने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभामा जितेका ५६ र मनोनित ३ समेत ५९ जनामध्ये एक तिहाईको पदावधि २ बर्षमा सकिन्छ भने अर्को एक तिहाईको ४ बर्षमा ।

बाँकी एक तिहाई सदस्य भने ६ बर्षसम्म पदमै रहन्छन् । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *