भारतमा प्रधानमन्त्री ओलीलाई आज मानार्थ विद्यावारीधि, बेलुकी ८ बजे स्वदेश फर्किदै

Share it with you friends

काठमाडौं, २५ चैत  । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारतीय भ्रमणमा हुनुहुन्छ ।

भ्रमणका क्रममा भएका दुई देशबीच सहमतीलाई महत्वपुर्ण मानिएको छ । परराष्ट्रविद्हरुले ओलीको भारत भ्रमण एक हदसम्म सफल भएको बताएका छन ।

उनीहरुले भारतसँगको सम्बन्धमा देखिएको चिसोपना हटाउन अहिलेको भ्रमण सफल भएको ठम्याई गरेका छन् । प्रधानमन्त्री ओलीले पनि भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनु भएको छ ।

भारत भ्रमणका क्रममा नेपाल र भारतबिच जलमार्ग र रेलमार्ग निर्माणको सहमति भएको छ ।सहमति अनुसार भारतले रक्सौल विरगञ्ज हुँदै काठमाण्डूसम्म विद्युतीय रेलमार्ग बनाउने छ ।

यस्तै दुई प्रधानमन्त्रीबिच नेपाल र भारतको आर्थिक विकासका लागि अन्तरदेशीय जलमार्गको विकास गर्ने सहमति पनि भएको छ ।

ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने राजकीय भ्रमण सकेर आज आईतबार बेलुकी ८ बजे स्वदेश फर्कदै हुनुहुन्छ । नेपाल फर्किनुअघि उहाँले उत्तराखण्डमा रहेको गोबिन्दबल्लभ पन्त कृषी विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ ।

विश्वविद्यालयले उहाँलाई मानार्थ विद्यावारीधि उपाधि दिने कार्यक्रम छ । अाेली वेलुकी अाठ वजे स्वेदेश फर्कने कार्यक्रम रहेकाे छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते