तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि हुने

Share it with you friends

२५ चैत, धनुषा । धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर आँपको फूल बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले पनि यसवर्ष मौसम अनुकूल भएकाले आँप उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कूल तीन हजार २३८ हेक्टरमा जग्गामा आँपको खेती गरिएकामा एक दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरका हिसाबले कूल चार हजार ३७१ मेट्रिकटन आँप उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा तीन हजार ३६६ हेक्टर जग्गामा आँपको खेती गरिएको कार्यालयले जनाएको छ ।

उक्त कार्यालय यसवर्ष १३ मेट्रिकटन प्रति हेक्टरको हिसाबले जिल्लामा ३० हजार ६५८ मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरेको छ । धनुषामा आर्थिक वर्ष २०७१/७२ मा दुई हजार २५५ हेक्टर जग्गामा आँपको खेती भएकामा प्रतिहेक्टर १२ मेट्रिकटनको हिसाबले दुई हजार ७६० मेट्रिकटन, आव २०७२/७३ मा दुई हजार २७१ हेक्टरमा सात दशमलव ६९ मेट्रिकटनको हिसाबले कूल १७ हजार चारसय ८६ मेट्रिकटन आँप उत्पादन भएको थियो ।

धनुषामा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखासजस्ता जातका आँप उत्पादन हुने गरेको छ । कृषि कार्यालयका अनुसार धनुषामा ९० प्रतिशत खेती यी आँपको हुनेगरेको छ ।

अघिल्लो वर्ष आँप उत्पादनका लागि मौसम अनुकूल नभएको र आँपमा लाग्ने मधुवा किटाणुका कारणसमेत उत्पादनमा कमी आएको थियो । यसवर्ष मधुवा लगायत अन्य कीटाणुलाई नियन्त्रण गर्नसके आँपको उत्पादन आशा गरे अनुरुप हुने कार्यालयका निमित्त प्रमुख बद्री साहले बताउनुभयो ।

नेपाल एग्रो सेन्टरका सञ्चालक हरिशंकर साहले अहिले सबैभन्दा बढी आँपमा लाग्ने कीरा मार्ने औषधि नै खपत भइरहेको बताउनुभयो ।

निमित्त प्रमुख साहले मधुवा कीटाणु लगायतका आँपमा लाग्ने कीरा नियन्त्रणका लागि रोगर रोग्रिन एक दशमलव पाँच एमएल एक लिटर पानीमा मिसाएर छर्के किरा मार्न सकिन्छ भने प्लानोफिक्स ० दशमलव ५ एमएल पानीमा मिसाएर छर्केपछि आँपमा लाग्ने ढुसीलाई हटाउन सकिन्छ ।

यसवर्ष आँप उत्पान वृद्धि हुने देखेर रू १२ लाखमा विभिन्न ठाउँको आँपको फूलबारी ठेक्का लिएको फलफूल व्यापारी जीवन साहले बताउनुभयो । महेन्द्रनगरमा जीवन फलफूल बिक्री केन्द्र सञ्चालन गर्दै आउनुभएका उहाँले मिथिला नगरपालिकास्थित कृषि विकास आयोजनाको आँपको फूलबारी र क्षीरेश्वरनाथ धर्म संस्थाको आपँको बगैचा ठेक्का लिनुभएको छ ।

किसान पनि आँपको राम्रो उत्पादन हुने भएपछि राम्रै आम्दानी हुनेमा ढुक्क छन् ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 7 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु