विदेश

फेसबुक काण्डपछि ह्वाट्सएप पनि शंकाको घेरामा

Share it with you friends

प्रयोगकर्ताका डाटाको लिक भएको विवादले फेसबुकलाई सताइरहेको बेला फेसबुककै स्वामित्वमा रहेका लोकप्रिय मेसेजिंग एप ह्वाट्सएप पनि शंकाको घेरामा परेको छ ।

विज्ञहरुले ह्वाट्सएप पनि दाबी गरिएजति सुरक्षित नभएको भन्दै आशंका व्यक्त गरेका छन् । साथै उनीहरुले प्रयोगकर्ताका डाटा सुरक्षा सम्बन्धमा कतिपय शर्तहरुमाथि प्रश्न उठाएका छन् ।

 

हाल विश्वभर १ अर्ब भन्दा धेरै प्रयोगकर्ता रहेको ह्वाट्सएपलाई फेसबुकले सन् २०१४ मा अधिग्रहण गरेको थियो ।

अमेरिकाका चर्चित प्रविधिी उद्यमी विवेक वाधवाका अनुसार प्रयोगकर्ताबीचको वन टू वन सम्वाद इन्क्रिप्टेड हुने र ह्वाट्सएपले दाबी गरेजत्तिकै सुरक्षित हुने भएतापनि ह्वाट्सएप कल सम्बन्धी वृहत डाटाको कम्पनीले अनधिकृत रुपमा दुरुपयोग गर्ने सम्भावना रहेको छ ।

आफ्नो प्रयोगकर्ताको पहिचान तथा उपकरण सम्बन्धी डाटा फेसबुकसँग शेयर गरिने कुराको खुलासा ह्वाट्सएपले यसअघि नै गरिसकेको छ । यसले फेसबुक प्रयोगकर्ताको जासूसी जस्ता गलत कामलाई छूट प्राप्त हुन्छ ।

उनका अनुसार ह्वाट्सप ग्रुप च्इाट फिचरमा कुनैपनि ग्रुप सदस्यलाई क्याम्ब्रिज एनालिटिकाले जस्तै डाटा पत्ता लगाउने अनुमति हुन्छ । जसबाट मोबाइल् नम्बरको जानकारी लिएर मानिसहरुलाई दिक्क पार्न सकिने खतरा हुन्छ ।

विज्ञका अनुसार सूचनालाई सुरक्षित राख्ने सवालमा ह्वाट्सएपको दोहोरो चरित्र देखिएको छ । उसले फेसबुकलाई प्रयोगकर्ताका संवेदनशील जानकारी सुम्पिन्छ र भन्छ की उसले प्रयोगकर्ताको कुराकानीको बारेमा कसैलाई जानकारी दिँदैन ।

अझ अर्को खतरनाक कुरा त के भने ह्वाट्सएप प्रयोगकर्ताले अकाउन्ट सिर्जना गर्दैखेरी एउटा शर्त पालना गर्नुपर्दछ, त्यो के भने उनीहरु ह्वाट्सएप प्रयोगका सन्दर्भमा उत्पन्न हुने कुनैपनि विवादमा अदालतको ढोका ढक्ढकाउने छैनन् ।
एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *