वडाध्यक्ष र व्यापारीबीच कुटाकुट !

Share it with you friends

काठमाडौँ, २६ चैत । बनेपा नगरपालिका–६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन् । वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठबीच कुटाकुट भएको हो ।

कसी भयो घटना ?

सडकमा गाडी रोकेको भन्दै वडाध्यक्ष केसीले आइतबार बिहान साढे ८ बजे हार्डवयरका सञ्चालकलाई गाडी हटाउन भनेका थिए । उनले नमानेको भन्दै अध्यक्ष केसीले हाडवर्यका सञ्चालकलाई धकेलेपछि सामान्य घटनाले उग्ररुप लिएको थियो ।

बनेपा नगरपालिकाले फुटपाथमा पार्किङ गर्ने गाडीहरु हटाउने अभियानस्वरूप बरम्बार सूचना जारी गरिरहेको थियो । व्यवसायीहरुले सूचनालाई अवज्ञा गर्दै फुटपाथका पसल र गाडी पार्किङ हटाउन अटेरी गरिरहेका थिए ।

बनेपा नगरपालिकाकै अभियानलाई सफल बनाउन वडा नम्बर ६ का वडाध्यक्ष केसीले फुटपाथमा गाडी पार्किङ नगर्न आग्रह गरेका थिए । घटनाका एक प्रत्यक्षदर्शीले वडाध्यक्षकाे कदम राम्रो भएपनि शैली हुकुमी प्रकारको भएकाले घटना घटेको अाराेप लगाए ।

‘वडाध्यक्षको अभियानलाई साथ दिनुपर्छ । नगरपालिका वरपर फुटपाथमा व्यवसायहरुले कमाउन धन्दा गरिरहेका छन् । यस्तो बेला नगरपालिकाको अगुवाइमा वडाले गरेको काम ठीक हो ।’ अर्का प्रत्यक्षदर्शीले भने,‘तर यसरी युवाहरु परिचालित गर्नु भन्दा प्रहरी प्रशासन राखेर कानुनी कारबाहीमा लागेको भए यस्तो घटना घटदैनथ्यो होला !’ अहिले वडाध्यक्ष रिहा भएका छन् भने हार्डवयर सञ्चालक प्रहरीको हिरासत छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । नयाँपत्रिकामा खबर छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते