सिमा मिचिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–एक ईन्च मिचिन दिन्नौं

काठमाडौँ — विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा स्थलगत प्रतिवेदन बुझाएका छन् । भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोली स्थलगत अवलोकनमा गएको थियो। स्थानीयबासीसँगको छलफल र दुवै देशको सिमासम्बन्धी नक्साको अध्ययनपश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई

Read more

उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ

काठमाडौँ — उच्च अदालतका लागि नव नियुक्त चार मुख्य न्यायाधीशले सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित एक समारोहका बीच चार न्यायाधीशले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानन्यायाधीश पराजुलीले मुख्य न्यायाधीश नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई सपथ गराएका हुन् । न्याय परिषदेले पुस २० गते चार मुख्य न्यायाधीशको नाम

Read more

सय वर्ष पुरानो ढुंगे पुल

हेटौंडा — एउटा पक्की पुलको आयु मुस्किलले ३० वर्ष होला ? तर, मकवानपुरको उत्तरी क्षेत्रको एउटा ढुंगेपुल (साँघु) सय वर्षभन्दा बढी टिकेको छ । अहिले पनि सोही पुल भएर स्थानीय ओहोरदोहोर गर्छन् । थाहा नगरपालिका–९ नयाँ पौवास्थित खोलामा विसं १९५० तिर १० मिटर लम्बाइ र साढे १ मिटर चौडा ढुंगेसाँघु हालिएको स्थानीय बुद्धरत्न मानन्धर बताउँछन् । चित्लाङस्थित चन्द्रागिरी पाखाबाट

Read more

बाँदरमुढे घटनापीडितको लगत संकलन शुरु

रत्ननगर, चितवन — बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको विवादलाई थाती राख्दै लगत संकलन थालिएको बताए । संघ तथा प्रदेशसभा

Read more