काठमाडौँ — विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा स्थलगत प्रतिवेदन बुझाएका छन् ।

सिमा मिचिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–एक ईन्च मिचिन दिन्नौं
भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोली स्थलगत अवलोकनमा गएको थियो। स्थानीयबासीसँगको छलफल र दुवै देशको सिमासम्बन्धी नक्साको अध्ययनपश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई सुझाव सहित बुझाएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए।
विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने भन्दै आस्वस्त तुल्याए।
प्रतिवेदनमा स्थलगत अवलोकनको क्रममा भेटिएका तथ्य र सुझाव समेटिएको छ। विद्यार्थीहरुले दशगजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना बनाएको, नक्सांकनमा संलग्न नेपाली पक्षले हेलचेक्र्याइ गरेको जस्ता समस्या औंल्याएका छन्।
स्थलगत अवलोकनको क्रममा लालपूर्जा भएको नेपाली जमिनमा सिमा स्तम्भ भेटिएको प्रतिवेदनमा उल्लेख छ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा विद्यार्थी टोली सिमा मिचिएको भनिएको पर्साको विभिन्न स्थानमा पुगेको थियो।
नेपाल–भारत संयुक्त सिमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा पर्साको करिब ५० बिगाहा जमिन भारततिर पर्न गएको हो।
विद्यार्थी टोलीले भारतसँगको सिमा विवादको समग्र समाधान निकाल्न पनि प्रतिवेदनमा सुझाव दिएका छन्।
Related Posts
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
-
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज…
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही…
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…





Leave a Reply