६६ जिल्लाका आधारभूत विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गरिने

१८ जेष्ठ २०७८, मंगलबार । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोडब्यान्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ । सूचना अनुसार

Read more

धादिङ समाज जापानद्धारा धादिङका ६ वटा पालिकाहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण

१७ जेष्ठ २०७८, सोमबार । धादिङ समाज जापानले धादिङका ६ वटा पालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ । धादिङका १३ वटा स्थानिय तहमध्ये पहिलो चरणमा धुनिबेसी नगरपालिका, थाक्रे गाउपालिका, गंगाजमुना गाउपालिका, सिद्धलेक गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका र नेत्रावती डबजोङ गाउपालिकालाई सोमबार एक कार्यक्रमको आयोजना गरी करिव ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको

Read more

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

१७ जेष्ठ २०७८, सोमबार । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयमा बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। आइतबार मात्र एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको थियो । बोर्डले

Read more

बजेट सुनाउनका लागि मात्र होइन कार्यान्वयन गर्न ल्याइएको हो : अर्थमन्त्री पौडेल

१६ जेष्ठ २०७८, आईतबार । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै

Read more

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

१६ जेष्ठ २०७८, आईतबार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको सङ्क्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा

Read more

आर्थिक वर्ष २०७८/७९ मा धादिङ जिल्लाको स्थानिय तहहरूले प्राप्त गर्ने वजेट कति? (रकम सहित)

आर्थिक वर्ष २०७८/७९ मा धादिङ जिल्लाको स्थानिय तहहरुमध्ये सबैभन्दा वढी बजेट निलकण्ठ नगरपालिकाले पाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारबाट शनिबार अर्थमन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले आ.ब. २०७८/७९ को लागी धादिङको स्थानिय तहहरुले निम्न अनुसार वजेट प्राप्त गर्नेछन् । जसमध्ये सवैभन्दा धेरै निलकण्ठ नगरपालिकाको वजेट

Read more

कर्मचारीको तलब २ हजारले वृद्धि

१५ जेष्ठ २०७८, शनिबार । सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार भएको आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २ हजार वृद्धि गरेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो । यो तलब आगामी साउन १ गतेबाट लागू हुनेछ ।

Read more

कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन

१५ जेष्ठ २०७८, शनिबार । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान

Read more

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

१५ जेष्ठ २०७८, शनिबार ।  अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताउनुभएको छ ।  बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने

Read more

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

१५ जेष्ठ २०७८, शनिबार । सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ । बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा

Read more