तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७५ साल वैशाख १३ गते बिहिबिार । तद्नुसार, इश्वी संवत सन् २०१८ मार्च २६ तारिख । नेपाल संवत ११३८ बछलाथ्व । वैशाख शुक्ल पक्ष, एकादशी तिथि ९ः४५ बजे उप्रान्त द्वादशी । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल मेष आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने

Read more

बंगलादेशको ढाकाबाट गुडेको बस आइपुग्यो नेपाल

काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै

Read more

बढ्यो गर्मी, सुक्यो पानी – छट्पटाउँदै माछा

कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् । बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहँुदा

Read more

४ लाख ४५ हजारको ज्यान लिइसकेको मलेरिया कस्तो रोग ?

काठमाडौँ, १३ वैशाख ।  गर्मी बढेसँगै लामखुट्टे सक्रिय हुन थालेको छ । गर्मी र वर्षामा सक्रिय हुने लामखुट्टेले टोक्नु सामान्य लाग्न सक्छ । तर लामखुट्टेको टोकाइलाई सामान्य मान्न नहुने डाक्टरहरुले बताउँदै आएका छन् । लामखुट्टेको टोकाइबाट गम्भीर खालका सुरुवा रोग लाग्ने जोखिम धेरै हुन्छ । डेंगु, मलेरिया लगायतको रोगको जोखिम उच्च हुन्छ । लामखुट्टेको टोकाइकै

Read more

मनोज महतोको ‘नाचौ गाउँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १२ वैशाख । गायक मनोज महतोको स्वर रहेको गीत ‘नाचौ गाउँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा प्रेम भाव देख्न सकिन्छ । गीतमा शब्द किशोर चौधरी र आरके चौधरीको रहेको छ भने संगीत एसके परियारले दिएका छन् । गीतमा अनिल थापा र सृष्टि खड्का देखिएका छन् । यी दुईको अँनस्क्रिन रोमान्सलाई सुरेन्द्र बसेलले

Read more

भूकम्पको ३ वर्ष – यस्तो छ पुनर्निर्माण प्रगति

काठमाडौँ, १२ वैशाख ।  भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् ? काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् र ?’   काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक

Read more

वैदेशिक रोजगारमा गएकाहरु किन गर्छन आत्महत्या !

काठमाडौँ, १२ वैशाख । विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् । वैदेशिक

Read more

कांग्रेस युवा नेताहरु अापसमा विभाजित

काठमाडौँ, १२ वैशाख ।  नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका छन् । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सदस्यहरुले पटकपटक छलफल गरे पनि महाधिवेशनका विषयमा युवा सदस्यहरुको मत विभाजन हुँदा साझा धारणामा जान नसकेको हो । पौडेल निकट नेताहरु पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै संगठन

Read more

उपत्यकामा अब ६ स्थानबाट प्रहरी रिपोर्ट लिन पाइने (स्थानसहित)

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई मंगलबारदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर,

Read more

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा. पुष्प कँडेल नियुक्त ( सदस्यहरुकाे नामावली सहित )

काठमाडौं, ११ बैसाख । मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद वैठकले एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फूँयाललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले

Read more