कांग्रेस युवा नेताहरु अापसमा विभाजित

Share it with you friends

काठमाडौँ, १२ वैशाख ।  नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका छन् ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सदस्यहरुले पटकपटक छलफल गरे पनि महाधिवेशनका विषयमा युवा सदस्यहरुको मत विभाजन हुँदा साझा धारणामा जान नसकेको हो ।

पौडेल निकट नेताहरु पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै संगठन सुदृढीकरणको पक्षमा उभिएका छन् भने धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल छिट्टै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

महाधिवेशनका विषयमा सदस्यहरुबीच समान धारणा बन्न नसक्दा केन्द्रीय सदस्य गगन थापासहितले शीघ्र महाधिवेशनको माग गर्दै ५१ पेज लामो धारणा बैठकमा पेश गरेका छन् ।

अहिलेको विधानअनुसार सात प्रदेश बाहेक केही बनाउन नसकिने जिकिर गर्दै उनीहरुले पार्टीलाई नवजिवन दिनका लागि विधान संशोधन गरेर महाधिवेशनमा जानुपर्ने उल्लेख गरेका छन् ।

सभापति इतरकै नविन्द्रराज जोशी, कल्याण गुरुङ, गोविन्द भट्टराई, सरिता प्रसाईंसहितका एक दर्जन केन्द्रीय सदस्य भने सीघ्र महाधिवेशनको विपक्षमा उभिएका छन् ।

सीघ्र महाधिवेशनको सम्भावना नरहेको र पब्लिक खपतका लागि मात्र धारणा बाहिर ल्याउनु उपयुक्त नहुने तर्क गर्दै उनीहरुले तत्काल महासमिति वैठकबाट पार्टी संगठन सुधारको अभियान थाल्नुपर्ने पक्षमा छन् ।  नागरिकमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते