बाटोमा फोहोर फाल्नेलाई गिरफ्तार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका छन् । चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले  फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए । आम जनताले पनि  फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको बताउँदै उनले‍ भने,- ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले

Read more

चैते दशैंकाे राँगोले ज्यान लियो

वाग्लुङ । वाग्लुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका – ६ मा भिरबाट लडेर शनिबार एक जनाको ज्यान गएको छ । बिहान ६ बजेतिर स्थानीय छापडाँडा भन्ने ठाउँबाट राँगो लिएर तमानखोलाको भित्रिवनतर्फ फर्कने क्रममा राँगाले धकेल्दा ६५ वर्षीय टेकलाल विकको लडेर ज्यान गएको हो । अन्य साथीसहित चैते दशैं मनाउने भन्दै राँगा किनेर लैजाने क्रममा राँगाले धकेलेर

Read more

२ वर्षमा रेल कुद्छ, नेपालको पानीजहाजले मान्छे ओसार्छः प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल सेवा संचालनमा ल्याउने दाबी गरेका छन् । रेलसँगै नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहरुलाई जवाफ दिने उनले बताए । शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘२ वर्षअघि मजाक उडाएका थिए । अब २ वर्षपछि ठट्टा

Read more

तपाईलाई थाहा छ ? फेसबुकले तपाईलाई कसरी बेचिरहेको छ !

काठमाडौं । फेसबुक अहिलेसम्मकै ठूलो संकटसँग जुधिरहेको छ र कम्पनीको पहिलो प्रतिक्रियाले उसलाई कुनै राहत दिएको छैन । २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ५ करोड युजर्सको निजी जानकारी चोरेको आरोप छ ।   फेसबुकका डेटा सुरक्षा प्रमुख एलेक्स स्टमसको प्रस्ताविक विदाइले कम्पनीको देशभरका कार्यालयमा चिन्ता बढेको छ

Read more

सामुदायिक रेडियोका मुद्दा नीति तथा कार्यक्रममा आउने सञ्चार राज्यमन्त्री बास्कोटाकाे भनाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक रेडियोका मुद्दालाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आज भएको विशेष समारोहमा मन्त्री बास्कोटाले यस्तो बताउनु भएको हो । अकोराब स्थापना दिवसको अवसरमा आयोजित ‘सामुदायिक रेडियोको

Read more

मदन भण्डारी स्पोर्टस् एकेडेमीको शानदार सुरुवात, सुदूरपश्चिम–११ पराजित

काठमाडौं । तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले शानदार सुरुवात गरेको छ । प्रकाश बुढाथोकीले २ गोल, विश्व अपधकारी, दिपेश आले र विदेशी खेलाडी अव्बालले समान एकरएक गोलको सहयोगले मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले सुदूरपश्चिम–११ लाई ५–१ को फराकिलो गोल अन्तरले हरायो । सुदूरपश्चिम–११ का प्रणय अन्जनले एक सान्त्वना

Read more

बन्द भएको बलेवा विमानस्थल २६ वर्षपछि अाजदेखि सुचारु

बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङकाे बलेवा विमानस्थल आजदेखि  सञ्चालनमा आएको छ । २६ वर्षपछि तारा एयरलाइन्सको ट्विनअटर विमानले अाज काठमाडाैं–बागलुङ  व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो ।

Read more

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतक एकको सनाखत, घाइतेको उपचार हुदैं

मेलम्ची । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको

Read more

५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया । बर्दियामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १७ वर्षीय युवक पक्राउ परेका छन्। बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ कृष्ण थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बिहीबार बालिकालाई जबरजस्ती करणी गरेको आफन्तको उजुरीमा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more

नेपालमा दैनिक २५ देखि ३० भूकम्पका पराकम्प, कुन जिल्लामा धेरै जान्छ भूकम्प ?

काठमाडौं  । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१

Read more