२ वर्षमा रेल कुद्छ, नेपालको पानीजहाजले मान्छे ओसार्छः प्रधानमन्त्री ओली

Share it with you friends

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल सेवा संचालनमा ल्याउने दाबी गरेका छन् । रेलसँगै नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहरुलाई जवाफ दिने उनले बताए ।

शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘२ वर्षअघि मजाक उडाएका थिए । अब २ वर्षपछि ठट्टा गर्ने मान्छे को हुन् भेटिने छैनन् । किनभने रेल कुद्छ ।’

पानी जहाजको कुरा गर्दा कागजका डुंगा बनाएर प्रधानमन्त्री कार्यालय अगाडि बाल्टीमा पानी हालेर तमासा गरेको भन्दै प्रधानमन्त्री ओलीलेे भने, ‘हुनसक्छ अर्को साल नभए २०७५ साल नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान मान्छे बोकेर हिँड्छ हामी देखाउँछौं । रेकर्ड गरेर राखेहुन्छ ।’प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताए । सरकारले अब उद्यम विकासको लहर नै सिर्जना गर्ने उनको दाबी छ ।

कार्यक्रममा उद्योगमन्त्री मातृका यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन कानुनको व्यवस्था गर्न लागिएको बताए ।

सरकारकै योजना अनुसार काठमाडांंैको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ । ३ सय भन्दा बढी स्वदेशी उत्पादनका स्टलहरु रहेको प्रर्दशनीमा करिव ८ करोड कारोबार हुने अपेक्षा गरिएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते