देउवाले पदाधिकारीको नाम टुंग्याए, उपसभापतिमा निधि,गच्छदारको हैसियत पौडेल बराबर

काठमाडौं ,२९ चैत । कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बतायो ।

Read more

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडाैं, २८ चैत । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ हुनुभएकाे छ । प्रचण्डकाे स्वास्थ्यमा समस्या अाएपछि नेकपा एमाले र माओवादीको अाज ५ वजेकाे लागि वाेलाइएकाे पार्टी एकता संयोजन समितिको बैठक फेरि स्थगित भएको छ । विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो । अत्यधिक दाैडधुपका कारण प्रचण्ड अस्वस्थ हुनुभएकाे हाे ।

Read more

चीन गएका माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं, २८ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज स्वदेश फर्केका छन् । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनी स्वदेश फर्केको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । चार दिनसम्म चीन रहँदा उनले

Read more

माओवादी पार्टीमा अहिले म छैन : सभामुख महरा

काठमाडौं, २८ चैत । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको बताएका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताएका छन् । संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, अब सभामुखको पदमा रहुञ्जेल निष्पक्ष भूमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’ उनले थपे, ‘सभामुख नहुँदा

Read more

एमाले प्रदेश ४ को संसदीय दलको उपनेतामा किरण गुरुङ चयन

२८ चैत, कास्की । नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । आज कास्कीको पोखरामा बसेको संसदीय दलको बैठकले गुरुङलाई संसदीय दलको उपनेतामा चयन गरेको हो । गुरुङ एमाले पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका छन् भने प्रदेश सरकारको अर्थ तथा योजना मन्त्री पनि हुन् ।

Read more

ओलीको भ्रमण लगत्तै राजपाका दुई नेता भारतमा, संयोग कि पूर्वयोजना ?

नयाँदिल्ली, चैत २८ ।राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली पुगेका हुन् । अन्नपूर्णमा खबर छ । यादव सोमबार नै दिल्ली आइपुगेका हुन भने र ठाकुर मंगलबार दिउँसो । ठाकुरलाई विमानस्थलमा राजपा पार्टीनिकट विद्यार्थी युनियनका प्रतिनिधीहरुले

Read more

‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’

काठमाडौँ, २८ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे । ‘हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार

Read more

इतिहास बिर्सिंदै कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन । अन्नपूर्णपाेष्टले खवर लेखेकाे छ । पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका

Read more

वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष दाहाल

धनकुटा, २७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ । धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै उहाँले भन्नुभयो– “शैक्षिक बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा प्रणालीलाई अन्त्य गरी स्वरोगारमूलक शिक्षा प्रदान गर्ने नीति सरकारको छ ।”

Read more

मन्त्रिपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

काठमाडौँ, २७ चैत । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसअघि चर्चा भएअनुसार नेपाल प्रहरीको महानिरिक्षक र सशस्त्र प्रहरीको महानिरिक्षकको चयन गर्नेबारे कुनै निर्णय नगरेको बताइएको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषदको अर्को अपर्झट बैठक आजै बस्न सक्ने बताइएको छ । अर्को बैठक आजै बस्ने सक्ने भन्दै

Read more