इतिहास बिर्सिंदै कांग्रेस

Share it with you friends

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन । अन्नपूर्णपाेष्टले खवर लेखेकाे छ ।

पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको फेसबुक स्टाटस हेरेर मात्र पार्टी स्थापनाको मिति थाहा पाएको  बताए । उनले भने, ‘पार्टीले कुनै औपचारिक कार्यक्रम गर्ने भए पो थाहा हुन्छ । पार्टीले नै वास्ता नगरेपछि हामीलाई पनि के चासो ।’

बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो । उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन् । २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो । तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ ।

कांग्रेस मंगलबार ६८ वर्ष पूरा गरी ७९ औं वर्षमा प्रवेश गरेको छ । देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले सुरुका दिनमा स्थापना दिवस मनाए पनि पछिल्ला दिनमा भने दिवस मनाउनुको औचित्य नै देख्न छाडेको छ ।

कम्युनिस्ट पार्टीले भने प्रत्येक वर्ष पार्टी स्थापना दिवस मनाउँदै आएका छन् । यसपटक दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले स्थापना दिवसकै दिन पारेर पार्टी एकीकरणको तयारी गरेका छन् । कांग्रेसमा स्थापना दिवस मनाउने प्रचलन विगतदेखि नै नभएका कारण यसतर्फ ध्यान नदिइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए । उनले भने, ‘कतिपय जिल्लामा स्थानीय कार्यसमितिले कार्यक्रम गर्छन्, पार्टीले नै औपचारिक रूपमा स्थापना दिवस मनाउने प्रचलन छैन ।’

तर, कांग्रेसकै पार्टी स्थापना दिवसबारे नेता-कार्यकर्ता नै अनभिज्ञ हुनुलाई अध्ययनको कमी भन्छन्, वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल । उनी भन्छन्, ‘कांग्रेसमा स्कुलिङ नै छैन, २०४६ सालपछि पार्टीमा प्रवेश गरेका अधिकांश नेता-कार्यकर्तालाई कांग्रेसको सिद्धान्त थाहा छैन ।’ बहुदल पुनःस्थापना हुनुअघि पार्टीको सिद्धान्त अध्ययन गरेर राजनीतिमा लाग्ने गरे पनि त्यसपछि भने शक्तिको आडमा राजनीति हुने गरेको दाहालको भनाइ छ ।

‘०४६ सालअघि कम्युनिस्ट र कांग्रेसको सिद्धान्त अध्ययन गरेर मान्छे दल छान्थे’, उनी भन्छन्, ‘अहिले त पढेरभन्दा पावरका आधारमा राजनीति चल्छ किन अध्ययन गर्नुपर्‍यो ? ’

राणाविरुद्धको आन्दोलनदेखि ०६२÷६३ सालको राजनीतिक आन्दोलनको नेतृत्व गरेको कांग्रेसले आफ्नै स्थापना दिवस नमनाएर इतिहासप्रति बेवास्ता गरेको आरोप कार्यकर्ताको छ ।

सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारले यसपटक स्थापना दिवस मनाउने तयारी भए पनि पार्टी शोक रहेका कारण स्थगन गरिएको दाबी गरे । उनले भने, ‘सभापतिज्यूले स्थापना दिवस मनाउने भन्नुभएको थियो तर केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण यसपटक नमनाइएको हो ।’

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते