अमेरिकन दूतावासको सहयोगमा काठमाडौंकै पहिलो कन्या विद्यालय पुनर्निमाणको शिलान्यास

Share it with you friends

काठमाडौं, २८ वैशाख । काठमाडौंको पहिलो कन्या विद्यालय भवन पुनर्निमाणको शिलान्यास गरिएको छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज र राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले शुक्रबार भवन निर्माण स्थल काठमाडौंको क्षेत्रपाटीमा एक विशेष समारोहका बीच शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै राजदूत टेपलेट्सले अमेरिकी सरकारले बालबालिकालाई विद्यालय फर्काउने कार्यलाई प्राथमिकता दिइरहेको स्पष्ट पारिन् । ‘अमेरिकी सरकारको प्रतिवद्धतास्वरुप हामीले विपन्न समुदायको हितका लागि भूकम्पीय रुपमा सुरक्षित, सुविधायुक्त र बाल तथा अपाङ्गमैत्री विद्यालय तथा स्वास्थ्य चौकी निर्माणका गर्नका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग साझेदारी गरेका छौं, उनले भनिन्, ‘यसबाट अमेरिकी जनताको सुरक्षित नेपाल पुननिर्माणप्रतिको लामो दीर्घकालीन र जारी सहयोग प्रतिबिम्वित हुन्छ ।’

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) मार्फत् भूकम्प प्रभावित जिल्लामा ३६ वटा पक्की विद्यालय तथा स्वास्थ्य चौकी भवन पुननिर्माण गर्नका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रधालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग साझेदारी गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । आजको कार्यक्रमसँगै काठमाडौं उपत्यकामा तीन माध्यमिक विद्यालयहरुको पुननिर्माण सुरु भएको छ । अन्य विद्यालयहरुमा साँखुस्थित आदर्श मावि र सानो ठिमीस्थित आदर्श मावि रहेका छन् ।

सन् २०२० मा पुनर्निमाणको कार्य पूरा हुने अपेक्षाा गरिएको कन्या मन्दिर माध्यमिक विद्यालयमा एक पटकमा ७०० जना छात्राले शिक्षा प्राप्त गर्न सक्नेछन् । पढाईलेखाईका तीन तल्ले भूकम्प प्रतिरोधी भवनमा २४ कक्षाकोठा, तीन प्रयोगशाला र एक पुस्तकालय रहने दूतावासले जनाएको छ ।

  • Related Posts

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै…

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    गल्छी गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै विभिन्न विद्यालय र बालविकास केन्द्र समायोजन गरेको छ । गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार “सार्वजनिक…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 4 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 0 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    जेठ १४ गते सार्वजनिक बिदा

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५४
    • 2 views
    जेठ १४ गते सार्वजनिक बिदा

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    • By Upendra Adhikari
    • ७ जेष्ठ २०८३, बिहीबार ०७:३८
    • 2 views
    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    • By Upendra Adhikari
    • ५ जेष्ठ २०८३, मंगलवार १४:०५
    • 1 views
    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन