काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोलले हरायो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गर्नुभयो । अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएको थियो । अर्जेन्टिनाका लागि मेस्सीले सानदार प्रदर्शन गर्नुभयो । खेल जीवनको आफ्नो एक हजार खेलमा मेस्सीले ३५औं मिनेटमा अष्ट्रेलियाका रक्षकलाई छल्दै गोल गर्नुभएको थियो । पाँचौं पटक विश्वकप खेलिरहनु भएका मेस्सीको विश्वकपमा नवौं गोल हो । मेस्सी म्यान अफ दि म्याच समेत हुनुभयो ।
५७ औं मिनेटमा जुलियन अल्भारेजले अष्ट्रेलियाका गोलरक्षकको हातबाट फुस्किएको बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यता पहिलो हाफमा रक्षात्मक प्रदर्शन गरेको अष्ट्रेलियाले खेलको ७७औं मिनटमा आत्मघाती गोल उपहार पायो । अष्ट्रेलियाका क्रेग गुडविनको लामो प्रहार अर्जेन्टिनाका एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो । त्यसपछि दुवै टोलीले खेलको अन्तिम समयसम्म थप गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ । शनिबार रातिनै नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । एजेन्सी

अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply