काठमाडाैं, १० जेठ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको घोषणाविरुद्ध विपक्षी दलहरू आज रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् ।नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्न लागेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि यो असंवैधानिक कदम भन्दै विपक्षी मोर्चा असन्तुष्ट छ ।






