आठौं धादिङ महोत्सव सुरु मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

Share it with you friends

धादिङ । आठौं धादिङ महोत्सव आज विहिवारदेखी सुरु भएको छ । सदरमुकाम धादिङवेशीं स्थित खुल्लामञ्चमा सुरु भएको महोत्सवको नवनिर्वाचित संघिय सांसद एवं वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।
महोत्सव उद्घाटन गर्दै बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बुढिगण्डकी जलविद्युत आयोजनाको काम छिटो सुरु हुने बताउनुभएको छ । बुढिगण्डकी जलविद्युत आयोजना देशकै गौरवको आयोजना भएकोले यस आयोजनाको काम अब बन्ने गठबन्धको सरकारले बनाउने बताउनुभयो । आठौं धादिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित संघिय सांसद एवं वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । यस्तै उहाँले स्थानिय उत्पादनलाई प्राथमिकता दिएमात्रै महोत्सवले सार्थकता पाउने पनि बताउनुभयो ।


स्थानिय उत्पादनलाई प्राथमिकता दिएमा यहाँका नागरिकले फाईदा लिन सक्ने भएकोले विशेष महत्व दिएर स्थानिय उत्पादनको प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले सामुदायिक कलेजमा पढ्न जाने छोरीहरुलाई निशुल्क पढ्न पाउने व्यवस्था गर्नुका साथै बागमती सरकारले १५ करोड पैसा छुट्याएर तिन महिना आवासिय तालिम दिदैछौं । १० हजार युवालाई रोजगारी दिन्छौं । ति युवाले देशमै ५० हजार कमाउन सक्छन् । विदेश जानेनै भए दक्ष बनाएर पठाउँदा राम्रो आम्दानी हुन्छ ।


यसैविच महोत्सव उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच देखि गजुरी गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाइ समेटेर झाँकी तथा शोभायात्रा निकालिएको थियो । महोत्सवमा स्थानीयतह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी, कृषि प्रदर्शनी,साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथाअन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण,राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती, खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री, जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी, आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्बन्धी जानकारी लगाएत मुख्य आकषर्णको रुपमा राखिएको छ । विगतका महोत्सवमा भन्दा आजबाट सुरु भएको महोत्सवमा स्थानिय उत्पादनलाई बढि प्राथमिकता दिएको छ । महोत्सव पौष ७ देखी १७ गते सम्म सञ्चालन हुनेछ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते