आमा–छोरी मिलेर घरमुलीकाे हत्या
मकवानपुर । मकवानपुरमा आमा छोरी मिलेर घरका मूली ससुराको हत्य गरेका छन् । बकैया– ७ बस्ने ५६ वर्षिय सूर्यबहादुर स्याङतानलाई उनकै बुहारी मुलीमाया स्याङतान र नातीनी मनिता स्याङताले मिलेर हत्या गरेका हुन् ।
श्रीमान वैदेशिक रोजगारीमा गएका बेला सामान्य घरायसी विवाद भएको र उनीहरु आमाछोरी मिलेर चक्कु प्रहार गरी सूर्य बहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हत्यापछि उनीहरु शवलाई पोको पारेर घरमै लुकाएको अवस्थामा प्रहरीले वरामद गरेको हो । दुवै जनालाई पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ।
