एक बर्षमा कान्तिबाल अस्पतालमा २ हजार ५ सय २६ जनाको शल्यक्रिया

Share it with you friends

काठमाडौं । कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ । कान्तिबाल अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८÷७९ मा जटिल र सामान्य गरेर दुई हजार ५२६ जनाको शलयक्रिया भएको उल्लेख गरेको छ ।
सोही आर्थिक वर्षमा एक लाख १६ हजार ४५३ जनाले ओपिडीमार्फत सेवा लिएका छन् । ४४ हजार ८९२ जनाले आकस्मिक सेवा लिनुका साथै आठ हजार ६० जनाले अस्पतालमा भर्ना उल्लेख गरिएको छ । अस्पतालमा भर्ना भएका मध्ये ३.३ प्रतिशतको मृत्यु भएको छ । अस्पतालमा भएका ६० प्रतिशत बेडमा बिरामी भर्ना भएका छन् । एक हजार ३५२ जनाले फिजियोथेरापी सेवा लिएका छन् । प्रतिवेदनमा हाइड्रोशिलका ११५, गरिब तथा विपन्न २४८ नवजात शिशुको,१३९ जना मिर्गौला रोगीको निःशुल्क उपचार गरिएको छ । त्यसैगरी, २९४ जना क्यान्सर रोगी, सामाजिक सेवा एकाईबाट ९५८ जनाको निःशुल्क उपचार गरिएको उल्लेख छ । आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमअन्र्तगत ७६१ जनालाई सेवा प्रदान गरेको छ । दुई हजार ५८७ जनाले बिमामार्फत सेवा लिएका छन् ।
हाल कान्ति बाल अस्पतालमा नेपाल सरकारतर्फ २६४ जना र अस्पताल विकास समितितर्फ २९६ गरी जम्मा ५६० कर्मचारीको दरबन्दी भए पनि नेपाल सरकारका तर्फबाट १८२, अस्पताल विकास समितिबाट १४५, सरसफाई कर्मचारी ७८ जना, सुरक्षा गार्ड २४ जना, काजमा आएका कार्यरत कर्मचारी पाँच जना, काजमा गएका कर्मचारी नौ जना र छात्रवृति करारमा कार्यरत २९ जना र मासिक ज्यालादारी ७९ जना गरी जम्मा ५३४ जना कर्मचारीहरु कार्यरत छन् । चिकित्सक १२९, नर्स १४६, प्राविधिक तर्फ ५३ र अन्य कर्मचारी २०६ जना रहेका छन् । कान्ति बाल अस्पतालले विस्तारकै क्रममा अस्पतालसँग रहेको करिब १०० रोपनी जग्गामा शहरी विकास तथा भवन निर्माण विभागबाट डिपिआको कार्य प्रारम्भमै एक हजार बेडको सुबिधा सम्पन्न केन्द्रीय बाल अस्पताल र राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थान बनाउने गुरु योजना रहेको छ ।
नेपाल सरकारले ४३ करोड ८४ लाख ५७ हजार बजेट बिनियोजन गरेको छ ।

जसमध्ये ७९.५ प्रतिशत अर्थात ३४ करोड ८४ लाख ६९ हजार ८९२ । अस्पताल विकास समितितर्फ २६ करोड ७५ लाख ७४ हजार आम्दानी भएकोे छ । जसमध्ये २० करोड २९ हजार अर्थात् ७४.७५ प्रतिशत बजेट खर्च भएको छ । हाल कान्ति बाल अस्पतालको हिमालयन बैंकमा पाँच करोड र सिटिजन्स बैंकमा एक करोड गरी जम्मा छ करोड मुद्दत्ति खातामा रकम रहेको छ । वि.स २०१९ पुस २२ गते ५० शैय्याबाट सुरु भएको अस्पताल ३३० शैय्याको रहेको छ । “कान्ती बाल अस्पतालमा स्वास्थ्यकर्मीहरुको दरबन्दीको समस्या छिटै समाधान हुन्छ” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले अस्पतालमा स्वास्थ्यकर्मीहरुको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने प्रतिवद्धता गर्नुभएको हो । उहाँले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ सय बेडको स्वीकृतिका लागि अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र ५ सय बेडको स्वीकृतिका लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने जिकिर गर्नुभयो । उहाँले मन्त्रालयले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी र नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिवद्धता गर्नुभएको छ । उहाँले भन्नुभयो,“स्वास्थ्य मन्त्रालयमा अस्पतालको दरबन्दी नपुगेको गुनोसो सुनिन्छ । मन्त्रालयले ५ सय बेडको स्वीकृतिको लागि अर्थ र सामान्यमा पठाइसकेको छ । सकेसम्म छिछ्टै दरबन्दी पूरा गर्ने वाचा गर्छु ” एक हजार बेडको अस्पताल बनाउने योजनाको काम चाँडै अगाडि बढाउने पनि उहाँले जिकिर गर्नुभयो । सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको प्रशंसा गर्दै आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते