एकाविहानै धादिङमा दुई वटा सवारी साधनमा आगलागी

Share it with you friends

 

राजाराम डंगोल धार्के, धादिङ बैखाख ३० । धादिङको धुनिबेशी ६ धार्के चालिसेमा रोकिराखेको भारतिय दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर नस्ट भएको हाे ।

बिहान  ३ बजेदेखी आगो लागेपछि स्थानीय ,नेपाल प्रहरी ससस्त्र प्रहरी र डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागि भएको करिब २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल लेराएर आगो नियन्त्रणमा लिईएको छ ।

आगलागि बाट मानविय क्षति भएको भने छैन । बस्ति, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि स्थानिय हरु त्रसित भएका थिए । आगलागी पछि विद्युतको तार जलेर छिनेपछि धुनीबेशी नगरपालिका मा विद्युत सेवा अवरुद्द भएको छ ।

आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन । आगलागिको विषयमा आगो कसरी लाग्यो भन्ने थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्या लयका खानिखोलाका प्रमुख प्रहरी निरिक्षक जिवन निरौलाले जानकारी दिनु भयो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते