कवि केवलपुरे किसानको सम्झनामा धादिङको केवलपुरमा साहित्यिक कार्यक्रम ।

Share it with you friends


राजाराम डंगोल केवलपुर, चैत्र ३० । जनकवि केवलपुरे किसानको ९४ औं जन्मजयन्तीको अबसरमा उहाको जन्मस्थान केवलपुरमा रचना वाचन तथा उहाँको सम्झनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा थाक्रे गाउपालिका को सहयोगमा सम्पन्न भएको कार्यक्रममा साहित्य क्षेत्रमा कलम चलाउनु हुने विभिन्न ब्यक्तित्व हरुको सहभागिता रहेको थियो ।
धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर नरनाथ लुईटेलल प्राध्यपक डा.राम चन्द्र लम्साल,डा.बलदेव अधिकारी ( गाउँले बलदेब ) ,डा.राम हरि सिलवाल,राष्ट्रिय सभाका सदस्य बलराम बास्कोटा, नेकपा नेता एबम समाजसेवी नेत्रराज पौडेल, थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य , उपाध्यक्ष अम्बिका रुपाखेती, थाक्रे १०का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने , साहित्यकार,साहित्यपे्रमी, शिक्षक ,पत्रकार स्थानिय वासि लगायतको उपस्थिती रहेको थियो ।


विक्रम संवत १९८३ साल चैत २९ धादिङको केवलपुरमा माता विद्यादेवी र पिता हरिप्रसाद पौडेलको सुपुत्रका रुपमा जन्मेका कवि किसानको वास्तविक नाम देवीप्रसाद पौडेल हो । सहित्य सिर्जनाबाट शोषित, पिडित, गरिब, निमुखा किसानका भाषा वोल्ने तिनै देवीप्रसाद पौडेल २०१६ सालपछि ‘केवलपुरे किसान’का रूपमा नेपाली लोक साहित्यमा छाएका हुन ।
किसानको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणी मा छापिएको थियो । त्यसपछि बाघ आयो (२००९), नेपाल नछो (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), सङ्घर्षको ठीक गर (२०१६), शङ्कैशङ्का (२०५४), बोकी खस्यो (२०५४) लगायतका गीत र कविता सङ्ग्रह प्रकाशित भए । आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरको आन्द्रा भुँडी (सुन्ने कविता संग्रह) का साथै जीवनसँगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन । जनजिव्रोको ठेट तथा झर्रो भाषामा कविता लेख्न रुचाउने कविका रुपमा किसान परिचित छन् । कवि किसानको लेखनी दुखी, गरीब नागरिकका समस्या, सरकारी बेथिति र रुढीबादीको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित रहेको पाईन्छ । केवलपुरे किसानको अधिकांश रचना नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित रहेको पाईन्छ ।  ब्राह्मणको छोराले हलो जोत्दा जातै जाने रुढीबादी सोचलाई उनले आफैले हलो जोतर रुढीबादी परमपरालाई तोड्नु भएको थियो । विभिन्न कृतिहरु लेख्दा लेख्दै कवि केवलपुरे किसानको मृत्यु २०६८ साल असोज २१ गते काठमाडौंमा भएको थियो ।


उनको जन्मजयन्तीको अबसरमा आयोजित कार्यक्रममा धादिङमा जन्मिएर विभिन्न तह र तप्कामा साहित्यको क्षेत्रमा कलम चलाउने साहित्यकारहरुले कवि केवलपुरे किसानलाई कविता मार्फत सम्झिएका थिए । कार्यक्रममा बोल्दैै थाक्रे गाँउपालिकाका अध्यक्ष राम कुमार आचार्यले केवलपुरमा जन्मिएर केवलपुरलाई नेपाल भरी चिनाउन सफल हनु भएका कवि किसान लाई सम्झदै गाउँपालिकाले उहाँको शालिक निर्माण गर्नुका साथै पुस्तकालय समेत स्थापना गर्ने प्रतिबद्धता जायर गर्दै आगामी दिनमा कविको जन्मजयन्ति गाउँपालिकाले मनाउने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनु भएका प्राध्यापक डा.नरनाथ लुईटेलले कविले देखाउनु भएको बाटो लाई हामीले सधै भरी सम्झिरहनु पर्ने बताउनु भयो । कविलाई जिवन्त सम्झनका लागी आफुले केहि भूमिका खेलेको पनि उहाँले बताउनु भयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते