कुकुर मार्ने अभियान चलाएका खोटाङकाे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयरविरुद्ध उजुरी

Share it with you friends

१७ भदौ २०७६, मंगलबार,

खोटाङको दिक्तेलमा भुस्याहा कुकुर मार्ने अभियान चलाएको भन्दै स्थानीय मेयरविरुद्ध उजुरी परेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो। केही दिन अघि उक्त नगरपालिका क्षेत्रमा निर्ममतापूर्वक कुकुर मारिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। मेयर रिजालले दिएको निर्देशनमा कुकुरलाई मार्ने अभियान चलाइएको आरोप लागेको छ।

नेपाल भेटेरेनरी एशोसिएसनसँग आबद्ध पशु चिकित्सक सीताराम यादव र पशु प्राविधिक सुमन श्रेष्ठ सहितको टोलीले प्रहरीमा उजुरी गरेको हो। खोटाङ जिल्लामा कार्यरत प्रहरी निरिक्षक आमोद खेरवारले घटनाको अनुसन्धान सुरु भएको जानकारी दिनुभयो। पशुपंक्षीविरुद्ध निर्दयी व्यवहार गर्र्ने िवरुद्ध तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते