केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाको २२ औं स्थापना दिवस सम्पन्न

Share it with you friends

केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड थाक्रेले २२ औं स्थापना दिवस तथा प्रगति समिक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार संस्थाका अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले गरेको यस आर्थिक वर्ष २०७८ सालको मंसिर महिनासम्मको आय व्याय तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेको छ । साथै अबका दिनहरुमा संस्थाले के कस्ता काम गर्ने र अझै कसरी समुदायमा प्रभावकारी ढङ्गले अघि बढ्न सकिन्छ सोको बारेमा स्थानीय सरकार तथा समुदायसँग राय सल्लाह तथा सुझाव संकलन गरेको छ ।

यसअघिको साधारण सभाले किसानले बिक्रि गर्ने दुधमा प्रति लिटर १ रुपैयाँ र खसीबोकामा प्रति केजि १ रुपैयाँ अनुदान दिने भनी गरेको निर्णयलाई पारित गरेको छ । किसान हकहितकै लागी प्राथमिकता दिदै आएको यस केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले सदैव समुदायलाई लक्षित गर्दै किसान हकहितकै लागी काम गर्ने अध्यक्ष अप्सरा अधिकारीले बताउनुभयो ।

केवलपुरमा करिव ९८ प्रतिशत शेयर सदस्य रहेको यस संस्थामा १ हजार १ सय ३६ जना शेयरसदस्यहरु समेटिएका छन भने वार्षिक २५ करोड बराबरको कारोबार गर्दै आएको संस्थाका प्रवन्धक सुरेश कोइरालाले जानकारी दिनुभयो । यस अगाडी राष्ट्रिय स्तरका विभिन्न पुरस्कारबाट समेत संस्था सम्मानित भएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते