खयर फँडानीमा संलग्न भएको आरोपमा ६ जना लाई मुद्धा दायर

Share it with you friends

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को दुईवटा सामुदायिक बन क्षेत्रभित्र भएको खयर फडानीमा संलग्न ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गर्दै डिभिजन बन कार्यालय धादिङले जिल्ला अदालत धादिङमा अभियोग पत्र दायर गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाको माता जलेश्वरी सामुदायिक वन र रातमाटा खोपाको पाखा सामुदायिक वन भित्र अबैध ढंगबाट भएको खयर कटानका दोषीहरु माथि विगो वापतको दोव्वर जरिवाना र कैद सजायँको माग गर्दै जेठ २ गते वन कार्यालयले जिल्ला अदालतमा अभियोग पत्रदर्ता गराएकोे डिभिजन वन कार्यालयले प्रेस नोट जारी गरेर जानकारी दिएको छ ।

बन कार्यालयमा गएको चैत २८ गते प्राप्त जाहेरीका आधारमा अनुसन्धान गरि माता जलेश्वरी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष श्यामबहादुर बानियाँ, सचिव गणेशवहादुर अधिकारी, रातमाटा खोपाको पाखा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कमलवहादुर बानियाँ र सदस्य डिलवहादुर रुवाली लगायतका बिरुद्ध सजायँको माग गरि अभियोग पत्र दायर गरिएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ । त्यसै गरि काठ ओसार पसार तथा बेचविखन गर्ने कार्यमा संलग्न व्यापारीद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई पनि सजायको माग गरि अभियोग पत्र दर्ता गरिएको छ । अभियोग दायर गरिएका मध्ये सारु द्धय फरार रहेका छन भने अरुलाई कार्यालयले पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

डिभिजन बन अधिकृत जिवलाल पौडेलका अनुसार बन ऐन ७६ को दफा ४९ को दफा च र छ बमोजिमको सजायँको माग दावी लिई जेठ २ गते डिभिजन बन कार्यालयको तर्फबाट जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको हो ।

अभियोग पत्र अनुसार माता जलेश्वरी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष श्यामबहादुर बानियाँ, सचिव गणेशवहादुर अधिकारी खयर फडानीमा प्रत्यक्ष मिलेमतो भएका भनिएका ठेकेदारद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई बन ऐन ७६ को दफा ५० को उपदफा (६) को च वमोजिम जनही १३ लाख ९८ हजार को दोव्वर जरिबाना र २ बर्ष कैद सजायँको माग दावी गरिएको छ ।

त्यसै गरि रातमाटा खोपाको पाखा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कमलवहादुर बानियाँ, कोषाध्यक्ष गणेशबहादुर अधिकारी, सदस्य डिलवहादुर रुवाली र पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई बन ऐन ७६ को दफा ५० को उपदफा (६) को च वमोजिम जनही दुई लाख ६५ हजार बमोजिमको जरिबाना र १ बर्ष कैद सजायँको माग दावी गरिएको डिभिजन बन अधिकृत पौडेलले वताउनुभयो ।
लकडाउनको मौका छोपेर सामुदायिक वनभित्रका खयरका रुख काटिएको बिषयमा अनुसन्धान गर्न बन कार्यालयले सहायक डिभिजन वन अधिकृत लुम नाथ तिम्सिना र एकलाल नेेेपालीलाई अनुसन्धान अधिकृत तोकी जिम्मेवारी दिएको थियो ।

स्थानीय शिव गुभाजुको निजी जग्गाभित्रको खयर रुख कटानका लागि स्वीकृति पाएका ठेकेदारले लकडाउनको मौका छोपेर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसंग मिलेमतोमा थप पाँच दर्जन खयर अबैध ढंगबाट चोरी तस्करी गरि काटिएको भन्दै स्थानीयले डिभिजन वन कार्यालयमा जानकारी दिएपछि खयर कटानको घटना वाहिर आएको थियो ।
स्थानीयको उजुरीपछि डिभिजन वन कार्यालय धादिङले अनुसन्धान अधिकृत मार्फत स्थलगत अनुसन्धान गरि कटान भएका रुखको पहिचान गरि १३३९ थान ७७६.३७ क्युफिट काठ बरामद गरि सिलबन्दी गरेको थियो ।

स्थानीयबासी शिव गुभाजूसहित १५ जनाले गत मंसिर १७ गते आफ्नो लालपुर्जामा भएको जग्गामा रहेको खयरको रुख काट्न डिभिजन बन कार्यालय सँग अनुमति मागेका थिए । तत्पश्चात सबै प्रक्रिया पुरा गरी कार्यालयले उनीहरुलाई १ सय ८४ वटा रुखमा टाँचा लगाइ कटानको अनुमति दिएको थियो । जसमध्ये १ सय ७४ वटा रुखहरु कटान भइ राजश्व तिरेर बेचबिखन भइसकेपछि आवादी जग्गाकै छेउछाउमा रहेको सामुदायिक वनको क्षेत्रभित्र रहेको खयरका रुखहरु काटिएको जनगुनासो पछि वन कार्यालयले सहायक वन अधिकृत लम्साललाई अनुसन्धान अधिकृतका रुपमा खटाएर कानून वमोजिम अनुसन्धान गरेको डिभिजन बन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

खयरको काठ पानमा राख्ने मसालाको रुपमा तथा विभिन्न रङ्ग र पालिस बनाउन प्रयोग हुन्छ । खयर नेपालको तराई र पहाडी क्षेत्रका केही गर्मी इलाकामा पाइने ठूला रुख हुने वनस्पति हो । खैयरको बोक्रा ताछेर भित्री रातो रङको काठलाई पानीमा उमालेपछि त्यसको रसायनबाट बन्ने कत्था औषधि तथा मसलामा प्रयोग हुने गर्दछ । त्यसैले यसलाई बहुउपयोगी वनस्पतिको रुपमा पनि लिइन्छ ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 3 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 4 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 6 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु