धादिङको खानिखोलामा रक्तदान कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल,१५ साउन २०७६, खानिखोला ।  सेवानै धर्म हो भन्ने नाराको साथ धादिङको धुनिबेशिनगरपालिका को खानिखोलामा रक्त दान कार्यक्रम सम्पन्न भएको छ।

 

लायन्स क्लब अफ धादिङ पिस खानिखोला तथा लियो क्लब अफ पिस खानिखोलाको संयुक्त आयोजना मा भएको कार्यक्रम मा नेक्सजेन क्रियटिभ लिङ्क डिल्ली बजार काठमाडौ को आर्थिक सहयोग रहेको थियो।

 

लायन्स प्रदीप कुवर र लियो ऋषि रुपाखेती को संयोजनमा भएको सो कार्यक्रम मा ७१ जनाले रगत दान गरेका थिए भने उक्त रगत नेपाल रेडक्रस काठमाडौ ले संकलन गरेको थियो। यसरी नै बिगदका दिन हरुमा पनि यी दुई सस्थाले सामाजिक कार्यक्रम हरु गर्दै आइरहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *