गजल – माया
-राजाराम डंगोल
आगो सल्काउने पनि माया
गिदी खल्बलाउने पनि माया ।।
दिलमा दिल जोड्ने पनि माया
चोर पल्काउने पनि माया ।।
सपना विपना सँगै देख्दा
संगै रमाउने पनि माया ।।
जिन्दगी लाई बर्बाद पारी
बैँस छल्काउने पनि माया ।।
हासो र अाँशु मिलाएर
उमेर ढल्काउने पनि माया ।।
दिनमा रमाउने पनि माया
छिनमा हराउने पनि माया ।।
