गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

Share it with you friends

गल्छी गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै विभिन्न विद्यालय र बालविकास केन्द्र समायोजन गरेको छ । गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार “सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७” अनुसार विद्यालय समायोजन प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा अधिकृत धिरज बस्नेतका अनुसार विद्यार्थी संख्या, शैक्षिक अवस्था तथा व्यवस्थापनलाई आधार मानी समायोजन गरिएको हो । उहाँका अनुसार ९ वटा विद्यालय तथा बालविकास केन्द्रलाई अन्य विद्यालयमा समायोजन गरिएको छ भने एउटा विद्यालयमा बालविकास कक्षा मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ ।

समायोजन भएका विद्यालयहरूमा कालिदेवी आधारभूत विद्यालय, सुन्टार आधारभूत विद्यालय, रिपछाप बालविकास केन्द्र, शिवालय आधारभूत विद्यालय, धादिङ आधारभूत विद्यालय, भैरवी आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, असारे आधारभूत विद्यालय र ठाँटीचौर आधारभूत विद्यालय रहेका छन् ।

गाउँपालिकाले समायोजित विद्यालयका विद्यार्थीहरूको विवरण सम्बन्धित विद्यालयमा स्थानान्तरण गरिने जनाएको छ साथै चलअचल सम्पत्ति व्यवस्थापनका लागि सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिने उल्लेख गरिएको छ ।

त्यस्तै समायोजित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि शिक्षा, युवा तथा खेलकुद शाखामा उपस्थित भई तोकिएअनुसार विद्यालय छनोट गर्न आग्रह गरिएको छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    धादिङ । गल्छी गाउँपालिकाले गाउँपालिका भित्र सक्रिय तेक्वान्दो खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण गरेको छ।मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले…

    धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलोमा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नेपालले एक्सनएड…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार १२:४५
    • 2 views
    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण
    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार ११:४८
    • 1 views

    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    • By Upendra Adhikari
    • १६ असार २०८३, मंगलवार ०९:५८
    • 5 views
    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 8 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 8 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 9 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक