गेष्ट हाउसको तेस्रो तल्लाबाट व्यक्ति फालेको आरोपमा तीनजना पक्राउ

Share it with you friends

१८ भदौ २०७६, बुधबार,

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा तीजजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका–४ घर भएका १८ वर्षीय विनय वाइबा लामा, काठमाडौं सानोर्भयाङ बस्ने गुल्मी मालिका गाउँपालिका–८ घर भएका १७ वर्षीय सविन अर्याल र काठमाडौं नैकाप बस्ने रामेछाप गुन्छी मदौरे घर भएका १८ वर्षीय निशान धमला रहेका छन्।

उक्त गेष्ट हाउसमा उनीहरु समेत ५ जना बसिरहेको अवस्थामा सोमबार राति खाना र्पुयाउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरुले विवेकलाई सोही रुमबाट तल फालेर तत्काल फरार भएका थिए। घाइते विवेकलाई तत्काल उपचारको लागि शहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल लगिएको छ।

घटना पश्चार फरार व्यक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेलापारी फरारमध्ये ३ जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 1 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 1 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 15 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध