चितवन जिल्ला अदालतको आदेश बदर गर्न रवि लामिछाने उच्च अदालतमा

Share it with you friends

भदौ १७, २०७६ ,

चितवन जिल्ला अदालतको आदेश बदरको माग गर्दै सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका छन् । गएको भदौ ९ गते चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटी माग गरेको प्रति चित्त नबुझेपछि उनीहरु आदेश बदरको माग गर्दै उच्च अदालतको हेटौँडा इजलासमा पुगेका हुन् । दुवै जनाले मंगलबार जिल्ला अदालतले गरेको आदेश बदर गरिपाउँ भनेर संयुक्त निवेदन दर्ता गराएको उच्च अदालत पाटनको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो ।

चितवन जिल्ला अदालतबाट भएको आदेश बदर गरी साधारण तारेखमा रही मुद्धाको पूर्पक्ष गरी पाउँ भन्दै निवेदन दर्ता गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले दुवै जनालाई धरौटीमा रिहा गरेको थियो । शंकास्पद भिडियोलाई वस्तुनिष्ठ प्रमाणको रुपमा लिइ सर्तसहित आदेश गरिएको र धरौटी माग गरिएकाले त्यसमा चित्त नबुझेपछि खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको हो ।

चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाउँ भनी उनीहरुले निवेदन दर्ता गराएका हुन् । निवेदनको विषयमा बुधबार उच्च अदालत पाटन, हेटौँडा इजलासले प्रारम्भिक सुनुवाइ गर्ने बताइएको छ । लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाईँले बुधबार बहस तथा पैरवी गर्ने जनाइएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते