चीनले लिम्पियाधुरा, लिपुलेकलाई भारतको स्वीकार गरेको छैन : प्रधानमन्त्री ओली

Share it with you friends

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रण गरेको नेपाली भूमिबारे चीन सरकारसँग पनि कुटनीतिक तवरमा वार्ता भइरहेको जानकारी दिएका छन्।

मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले चीनले नेपाली भूमि भारतको भनी स्वीकार नगरेको दाबी गरे।

सन् २०१५ मा भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गरेपछि तत्काल सरकारले कुटनीतिक नोटमार्फत असहमति जाहेर गरेको अवस्थामा अहिले पनि चीनसँग वार्ता भइरहेको ओलीले संसदलाई जानकारी गराए।

विपक्ष नेपाली कांग्रेसका सांसदहरुले नेपालको भूमि अतिक्रमण गर्न चीनको समेत सहभागीता रहेको बताउँदै उसँग भइरहेको कुटनीतिक प्रयासबारे जिज्ञासा राखेका थिए।

जवाफमा ओलीले भने, ‘चीनसँग पनि कुटनीतिक रुपमा कुरा भइरहेको छ। चीनले परम्परागत तीर्थ यात्रा र ट्रेड रुटका सम्बन्धमा मात्र कुरा गरेको हो, भनेको छ। उसले सम्झौता सीमासँग सम्बन्ध छैन। ट्रान्जिक्सनसँग सरोकार छैन, भनेको छ। हाम्रो असन्तुष्टिबारे चीनले भारतसँग पनि कुरा गरेको छ।’

विषय ओझेल नपर्ने

ओलीले सोमबार सरकारले लिम्पियाधुरा, लिपुलेक कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको संसदलाई जानकारी दिँदै अतिक्रमित भूभाग सरकारले फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाएका छन्।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘विवादास्पद भनिए पनि त्यो भूभाग नेपालको हो । हामी कुटनीतिक तवरबाट फिर्ता लिएर छोड्छौँ।’ उक्त विषय अब ओझेलमा नपर्ने र सरकारले निष्कर्षमा पुर्याएर छाड्ने उनले उल्लेख गरे।

‘अब कालापानी वा लिम्पियाधुराको विषय अझेल पर्दैन। अब फिर्ता लिएर छाड्छौँ। हामीलाई कोही रिसाउँछ कि भन्ने डर छैन, किनकी त्यो हाम्रो भूमि हो। कूटनीतिक तवरणले कुरा गरेर फिर्ता ल्याइनेछ, ओलीले भने।

सोमबार मन्त्रिपरिषदले स्वीकृत गरेको लिम्पियाधुरासहित नेपालको नक्सा।

उनले मन्त्री परिषद्ले स्वीकृत गरेको नक्सा आजभोलि नै सार्वजनिक हुने समेत जानकारी दिए। प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सजिलो नभएको आफूले राम्रोसँग बुझेर विषयलाई अघि बढाएको दाबी गरे।

ससंसदमा ओलीले भने, ‘यो काम सजिलो छैन, तर हामी फिर्ता ल्याउँछौं। भारत वार्तामा नबस्ने भन्ने लाग्दैन। वार्ता गर्छौ, तथ्य प्रमाणका आधारमा सुल्झाउँछौं। आर्थिक, सामाजिक, साँस्कृतिक पक्षबाट दुई देशको मित्रता जोडिएको छ। यसलाई ओझेल पर्न दिन हुँदैन। एक अर्काको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ।’

उनले भारतको राष्ट्रिय चिन्हमै सत्यको पक्षमा लाग्ने उल्लेख भएकाले भारतले लिम्पियाधुरा नेपालको हो भन्ने सत्य स्वीकार गर्ने विश्वास व्यक्त गरे।

आत्मविश्वासका साथ संसदमा प्रस्तुत भएका ओलीले भने, ‘भारतको राष्ट्रिय चिन्हको मुनि लेखिएको छ, सत्यमेव जयते। म भारतलाई सोध्ने छु तपाईं सत्यमेव जयते को पक्षमा कि सिंह मेव जयते?’ उनले यो विगतका गल्ती सच्याएर अघि बढ्ने उपयुक्त अवसर समेत भएको उल्लेख गरे।

ओलीले भने, ‘विगतमा गरेका गल्ती सच्याउनुपर्छ। लडाईंका बेला निर्धारण भएको भूमी यति बेला थिचोमिचो हुन सक्दैन। पारस्परिक लाभका आधारमा टुंग्याउनुपर्छ। हामी मित्रभावका साथ भन्छौं हाम्रो जमिन फिर्ता गर्नुहोस्।’

संविधान संशोधन प्रस्ताव छिट्टै

प्रधानमन्त्री ओलीले सोमबार जारी गरेको नक्साअनुसार नेपालको निशान छाप परिमार्जन गर्न छिट्टै संविधान संशोधन प्रस्ताव सरकारले संसदमा दर्ता गर्ने जानकारी दिए।

संविधानको अनुसूची–३ मा रहेको नेपालको निशासन छाप।

उनले संविधानको अनुसूचि–३ मा भएको गतल नेपालको नक्सालाई परिमार्जन गर्न संशोधन प्रस्ताव आउने उल्लेख गरे। ‘ संविधान संशोधन प्रस्ताव छिट्टै आउँछ। अनुसूची ३ को संशोधन हुन्छ। लोगो संशोधन हुन्छ। संविधानले पनि चिन्ने गरी नक्सा संशोधन हुन्छ।’

अरु विषयमा भने आवश्यकता र औचित्यका आधारमा संविधानमा संशोधन हुने उल्लेख गरे।

ओलीले भने, ‘अरु विषयमा छलफल गर्न सकिन्छ। यो विषय तत्कालिक महत्वको विषय हो। संशोधन प्रस्ताव संसदमा आउनेछ। त्यसपछि दुविधारहित ढंगले जाने हाम्रो बाटो पूरा हुन्छ। त्यो संशोधन पारित गरेका दिन राष्ट्रियताको पक्षमा देशमा दीपावली हुनेछ।’

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते