जरिवाना नबुझाउने ५५० को नाम बन्दसूचीबाट हटाउने निर्णय

Share it with you friends

काठमाडौं, । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । समानुपातिकतर्फ दलहरूले आयोगमा पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जनामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जनासहित ५५० जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको भट्टराईले बताउनुभयो ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेका दाबी विरोधउपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणाली तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।”
निर्वाचन आयोगको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *