जहाँ अस्पतालमा सिटामोल पनि पाइँदैन

Share it with you friends

१७ चैत , जाजरकोट । सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ।

बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो।अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ।

मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ। तर, निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन्। भेरी नगरपालिका–२ की विमला थापा टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि जिल्ला अस्पताल आइन्। चेकजाँचपछि उनलाई डाक्टरले औषधि लेखिदिए। तर, अस्पतालमा औषधि पाइनन्।

सिटामोलसमेत अस्पतालमा नभएपछि मेडिकलमा किन्नुपरेको उनले गुनासो गरिन्। भन्छिन्, ‘केही समयअघि कुनै पनि औषधि किन्नु पर्दैनथ्यो, अहिले सबै औषधि किनेर खानुपर्ने बाध्यता छ।’ आर्थिक अवस्था कमजोर भएका र निःशुल्क औषधि पाइरहेकाहरू बढी समस्यामा परेको स्थानीय पम्फा चन्दले बताइन्।

अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, ग्लोब्स र आरएलसमेत अभाव छ। भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो। तर, नगरपालिकाले भने २५ शड्ढयासम्मका अस्पतामा मात्र औषधि पुर्‍याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० शड्ढयाको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ।

दुई वर्षअघि १५ शड्ढयाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शड्ढयाको बनाइएपछि औषधि पाइन छाडेको हो।

जिल्ला अस्पताल कागजी रूपमा स्तरोन्नति गरिएपछि सरकारले निःशुल्क औषधि दिन बन्द गरेको छ। स्तरोन्नति भएको दुई वर्ष बितिसक्दा पनि सेवामा कुनै परिवर्तन आउन नसकेको नागरिक अगुवा खिमबहादुर शाही बताउँछन्। उनले भने, ‘सुत्केरी गराउन र सामान्य घाउचोट भएका बिरामीको समेत प्लास्टर गर्न नसक्ने अस्पतालबाट अरू के आस गर्ने ? अस्पताल स्तरोन्नतिको नाममा औषधि आउन छाडेपछि स्थानीय निरास छन्।’ अन्नपूर्णपोस्ट दैनिकमा राजेन्द्र कार्कीले खबर लेखेका छन् ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते