जितपछी सन्दीपले यसरी मनाए खुसी ( फाेटाेफिचर )

Share it with you friends

नयाँ दिल्ली, ७ जेठ । आइपिएल-११ को ५५औं खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।

दिल्लीको जितका लागि नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । दिल्लीको फिरोजशाह कोटला मैदानमा आइतबार भएको खेलमा पराजयसँगै यसअघि तीनपटक आइपिएलको उपाधि उचालेको मुम्बई प्ले अफ जानबाट रोकिएको छ ।

प्लेअफको दौडबाट पहिला नै बाहिरिएको दिल्लीको लागि यो सान्त्वना जीत हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा १७४ रन बनायो । जवाफमा मुम्बई इण्डियन्सले १६३ रनमा अलआउट भयो । दिल्लीको लागि अमित मिश्रा, हर्षल पटेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिए ।

मुम्बईको अन्तिम ओभरमा जितको लागि १८ रन जरुरी थियो । हर्षल पटेलको पहिलो बलमा कटिंगले छक्का प्रहार गरे तर अर्को बलमा उनी क्याच आउट भएसँगै मुम्बईको आशा साँघुरो भयो । अर्को बलमा बुमराहलाई आउट गरेपछि १६३ रनमा समेटिएको मुम्बईको यो सिजनको आइपिएल यात्रा यही रोकियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते