ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

Share it with you friends

राजविराज, १ असार ।  सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताउनुभयो ।

दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ । हनुमाननगर नगरपालिकास्थित गिदखोरा निवासी मण्डलको शव ससुराली घरभन्दा करीब एक किलोमिटर टाढा फेला परेको थियो ।

पत्नी अञ्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाएर मण्डलको हत्या गरेको उनीहरुको आरोप छ । दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षीया अञ्जना मण्डल दीपेन्द्रकी कान्छी श्रीमती हुन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते