ढुगाँखानीको कारण थाक्रे ७ मा खानेपानीकाे समस्या, पटकपटक झडप

Share it with you friends

धादिङको जिल्लाकाे थाक्रे गाँउपालिका वडा नम्वर ७ मा सञ्चालन भइरहेको ढुगाँखानीको कारण पानी पिउनको लागि समेत समस्या भएपछी स्थानियवासी समस्यामा परेका छन् ।

२०५१ सालदेखी सञ्चालन भइरहेको रैराङ ढाक्रेगाँउ खानेपानी योजना करीब २ वर्ष अघि सञ्चालनमा आएको बज्रकाली रोडाढुगाँ उद्योगको कारण बन्द हुने अबस्थामा पुगेको स्थानियवासीको गुनासो छ ।

४० वटा धारा मार्फत करीव १ सय घरधुरीले उपभोग गरिरहेको पानी ढुगाँखानी सञ्चालनमा आएपछी वर्षाको समयमा धमिलो पानी आउने गरेको स्थानियवासीको भनाई छ । २५ वर्षदेखी सञ्चालनमा आएको योजना अहिले करीब करीब वनद हुने अबस्थामा पुगेको र पानिको समेत समस्या भएको रैराङ ढाक्रेगाँउ खानेपानी योजनाका अध्यक्ष किशोर वस्नेतले बताउनुभयो ।

पानी परेको समयमा लेदो पानी आउने र बस्तुभाउ पालनको लागि समेत समस्या भएको स्थानिय पम्फा भुजेलको भनाई छ ।

समस्या समाधानको लागि पटक पटक पहल भएतापनी पटक पटकको पहल झडपमा परिणत हुदै आएको छ ।

समस्या समाधानको लगि केही दिन अघि बोलाइएको सर्बपक्षिय   भेलामा खानी सञ्चालक समर्थक र खानेपानी उपभोक्ताको बिचमा झडप हुँदा दुवै पक्षका गरी ५ जना भन्दा बढी घाइते भएका थिए ।
रैराङ भन्दा १ कि. मि. माथी हात्तिसुढेँ बनमा रहेको पानीको मुहानवाट रैराङ, बाथला र ढाक्रेगाँउका स्थानियवासीहरुले पानी उपभोग गर्दे आइरहेका छन् ।

पानी पर्ने बित्तिकै धमिले लेदो पानी आउने भएकाले थाक्रे गाँउपालिकाले ७ वटा पानी ट्याङ्कंी र पाइप खरिद गरि हालको लागी पानीको अस्थाई व्यवस्था गरिएको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो ।

खानी सञ्चालक हर्क बहादुर तामाङ बर्षामा पानीको भेल आएको कारण पानी धमिले भएको र त्यसको विकल्पको रुपमा मुलखोलावाट हालको लागि अस्थाई रुपमा पानी खुवाउने काम गरेको बताउनुभयो । माथिल्लाे गाउँका मानिसहरुले रोजगार पाएको, ट्रिपरहरु सञ्चालन भइरहेको र अन्य अवसर पाईरहेको समेत उहाँको भनाई छ ।

थाक्रे गाँउपालिका वडा नम्वर ७ का सदस्य सोम वहादुर तामाङ खानीको कारण पानी धमिलिएको र खानी सञ्चालकले त्यसको समाधान गर्नुपर्ने र जनप्रतिनिधिले सहजिकरण गर्नुपर्ने वताउनुभयो ।

जिल्लाकाे सिडियाे र एसपी सहित अनुगमन गरिए पनि समस्या समाधानकाे लागि पहल नगरेकाे स्थानियवासीहरूकाे गुनासाे छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते