काठमाडौँ, । तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीय तिथि भाइटीकाको दिन । आज दिदी भाइ बहिनीको विशेष दिन विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान भोजन खुवाउने र दिदी बहिनीहरूलाई उपहार वा दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । भाइटीकाको पौराणिक कथाअनुसार परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न जानुभएको थियो । यमुना पृथ्वीमा बस्नुहुन्थ्यो भने यमराज यमलोकमा बस्थे । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाए । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चक अवधि अर्थात् पाँच दिनसम्म यमराज यमुनाकहाँ बसे । यसरी भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी दाजुसँग आशीर्वाद लिई । त्यही बेलादेखि तिहार मनाउन थालिएको हो भन्ने किम्बदन्ती पाइन्छ ।
यसबाहेक तिहारको अन्तिम दिन भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट गराउने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा समेत दिने गरिन्छ । भाइटिकाका दिनमा दिदी बहिनीले दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको पनि सांस्कृतिक महत्व रहेका छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै फिका हुँदैन र दूबो सधैँ हरियो रहन्छ । आजको दिन यमराजको आह्वान गर्ने, बिमिरो, भोगटे, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, सयपत्री फूल, सेल राखेर आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्दै हर्षउल्लासका साथ तिहारको अन्तिम दिन मनाउने चलन छ ।

तिहारको अन्तिम दिन आज भाईटिका
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply